बिम्स्टेकको सचिवस्तरिय बैठक काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बिम्स्टेकको सचिवस्तरिय बैठक काठमाडौंमा सुरु

BIMSTEC

काठमाडौं, २६ साउन । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका विदेश सचिवस्तरिय बैठक सुरु भएको छ । आगामी भदौ १४ र १५ गते नेपालमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका लागि एक दिवसीय बैठक सुरु भएको हो ।

बैठकमा बिम्स्टेकका महासचिवसहित सदस्य राष्ट्रको विदेश मन्त्रालयका सचिवहरु उपस्थित रहेको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए । विशेष बैठकले शिखर सम्मेलन र त्यसअघि बस्ने मन्त्रिस्तरीय बैठकका लागि आवश्यक तयारी गर्नेछ । शिखर सम्मेलन अघि काठमाडौँमै भदौ १२ गते वरिष्ठ पदाधिकारीस्तरीय नियमित बैठक र भदौ १३ गते मन्त्रिस्तरीय बैठक हुने तय भएको छ ।

बिम्स्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवर्द्धनन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बंगलादेश, भारत, म्यानमार, श्रीलङ्का थाइल्यान्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन् ।

बिम्स्टेकमा व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरिबी निवारण, प्रतिआतंकवाद लगायत सहयोगका १४ क्षेत्र निर्धारण गरिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);