चितवन बार अध्यक्षमा पाठक निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

चितवन बार अध्यक्षमा पाठक निर्वाचित

kamal pathak

चितवन, २६ साउन । चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा प्रगतिशील समूहका कमलराज पाठक निर्वाचित भएका छन् । प्रजातान्त्रिक कानून व्यवसायीको नेतृत्व गर्दै उम्मेद्वारी दिएका निलकण्ठ अधिकारीलाई नौँ मतले पछि पार्दै पाठक अध्यक्षमा निर्वाचित भएका हुन् ।

गए राति सम्पन्न निर्वाचनमा पाठकले ९३ मत प्राप्त गरेका थिए भने अधिकारीले ८४ मत ल्याए । दुई वर्षे कार्यकालका लागि पाठकको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् ।

सापकोटाका अनुसार उपाध्यक्षमा हिरादत्त तिवारीलाई पछि पार्दै प्रगतिशील समूहकै हरिबहादुर मैनाली विजयी भए । सचिवमा प्रजातान्त्रिक समूहका धर्म वाग्ले, कोषाध्यक्षमा प्रगतिशील समूहका सूर्यबहादुर बोहरा र सहसचिवमा प्रजातान्त्रिक समूहकी गोमा न्यौपाने निर्वाचित भईन ।

सचिव र सहसचिव दुई पदाधिकारीबाहेक कार्यसमितिमा सबै प्रगतिशील समूहका उम्मेद्वार विजयी भएका छन् । केन्द्रीय पार्षद् आठ जनामा पाँच प्रगतिशील समूहका र तीन प्रजातान्त्रिक समूहका उम्मेदवार विजयी भए ।

सदस्यमा प्रगतिशील समूहका अजय तामाङ, नारायण गिरी, विकास गुरुङ, तुलसीराम पाण्डे, शिवराम महतो, टेकनाथ अधिकारी, अर्जुनबाबु तिवारी र महिला सदस्यमा भवानी लोहनी निर्वाचित भए ।

केन्द्रीय पार्षद्मा प्रगतिशील समूहका जनकराज पौडेल, बद्रीनाथ पण्डित, कृष्णप्रसाद पन्त, भलोनाथ नेपाल, पदमप्रसाद दाहाल तथा प्रजातान्त्रिक समूहका श्रीराम दवाडी, मुन्ना विक्रम खाती, र सीताराम अधिकारी निर्वाचित भए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);