नेपाल चिकित्सक संघको अध्यक्षमा लोचन कार्की निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपाल चिकित्सक संघको अध्यक्षमा लोचन कार्की निर्वाचित

chikitsak sangh nirwachit

काठमाडौं, २८ माघ । नेपाल चिकित्सक संघको अध्यक्षमा लोचन कार्की निर्वाचित हुनुभएको छ । मंगलबार बिहान सार्वजनिक परिणाममा लोकतान्त्रिक समूहबाट चुनाव लडेका कार्की ४ हजार १११ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका पुष्पमणि खरालले १ हजार ९७९ मत प्राप्त गर्नुभएको छ ।

१३ सदस्यीय कार्यसमिति रहेको चिकित्सक संघको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद श्रेष्ठ र अनिलविक्रम कार्की विजयी हुनुभएको छ । त्यस्तै महासचिवमा भने बद्री रिजाल, कोषाध्यक्षमा प्रकाश बुढाथोकी विजयी हुनुभएको छ ।

यसैगरी सहसचिवमा डा. निरजकुमार सिंह, सहकोषाध्यक्षमा विश्वाराज दवाडी सदस्यहरुमा विपेश आचार्य, लिजन महर्जन, नन्दकुमारी गुरुङ, प्रमोद जोशी, रितेश थापा, सञ्जीव तिवारी निर्वाचित हुनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);