राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित

बुटवल, २७ चैत । बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुन चित्रबहादुर केसी चुनिनु भएको छ ।

चैत्र २४ देखि रुपन्देही बुटवलमा जारी चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमापूर्वउपप्रधानमन्त्री समेत रहनुभएका केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित हुनुभएकोे छ भने प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

त्यस्तै सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित हुनुभएको छ भने केन्द्रीय सदस्यहरूमा शंकर बराल, लालबहादुर थापा, कृष्णबहादुर खड्का, कमला जिसी, कल्याणी श्रेष्ठ, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्बर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, राजेन्द्र ढुंगानालगाएत रहनुभएको छ ।

सम्मेलनबाट राजनीतिक सांगठनिक र आर्थिक प्रतिवेदनसमेत पारित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);