राष्ट्रिय जनमोर्चाद्धारा प्रदेशसभा सदस्य थापालाई सांसद पदबाट हटाइयाे | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

राष्ट्रिय जनमोर्चाद्धारा प्रदेशसभा सदस्य थापालाई सांसद पदबाट हटाइयाे

काठमाडाैं । राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद पदबाट हटाएको छ । राष्ट्रिय जनमोर्चाको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको बताइएको छ ।

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभाअन्तर्गत राजमोकी सचेतक पियारी थापाले कृष्ण थापालाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा बुझाएको बताउन्ु भयो । निवेदकको मागबमोजिम थापाको सांसद पद खारेज हुने छ ।

यसअघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो । सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आउनु भएको थियो । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

Leave a Reply

ताजा समाचार