माओवादी केन्द्रले चारजना सांसदलाई सांसद पदबाट हटाएको पत्र संसद् सचिवालयमा बुझायो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

माओवादी केन्द्रले चारजना सांसदलाई सांसद पदबाट हटाएको पत्र संसद् सचिवालयमा बुझायो

काठमाडौं, २४ चैत । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

प्रतिनिधिसभाका सांसद रहेका चार मन्त्रीहरु उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक मन्त्री गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाउन लेखेको पत्र माओबादी केन्द्रले मंगलबार संसद् सचिवालयमा बुझाएको हो ।

उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् । संसद् सचिवालयले पत्रअनुसार कारबाही प्रक्रियाको सूचना जारी गरेपछि उनीहरू सांसद पदबाट औपचारिक रूपमा हट्नेछन् ।

संसद् चलेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने माओवादीले निर्णय गरेको छ । त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);