राजनीति हाम्रै वरिपरी घुमिरहेको छः दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राजनीति हाम्रै वरिपरी घुमिरहेको छः दाहाल

नेपालगञ्ज, २४ चैत। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीति आफूहरुकै वरिपरी घुमिरहेको दाबी गरेका छन् ।

रुकुम जाने क्रममा मंगलबार नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले नेपालको राजनीति आफूहरुको एजेण्डा बाहिर नगएको दाबी गरेका हुन् । उनले भने–‘अहिले पनि नेपालको राजनीति हाम्रो एजेण्डा भन्दा बाहिर गएको छैन, हामीले सरकार परिवर्तनलाई तत्कालीन कार्यभार बनाएका छौँ, त्यो प्रक्रियामा छलफल चलिरहेकै छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार बनाउन दलहरुबीच छलफल भइरहेको अध्यक्ष दाहालले जानकारी गराए ।

पार्टी सुदृढ गर्ने अभियान चलिरहेको भन्दै अध्यक्ष दाहालले योजनाबद्ध ढंगले अगाडि बढिने बताए । रुकुमपछि सुर्खेतको कार्यक्रममा सहभागी हुने भन्दै जानकारी गराउँदै उनले नेपालगञ्जमा पनि कार्यक्रम गर्ने उद्घोष गरे ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);