चार महिनापछि नेकपा (एकीकृत समाजवादी) मुलुककै सबैभन्दा ठूलो पार्टी बन्छ : मेटमणि चौधरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चार महिनापछि नेकपा (एकीकृत समाजवादी) मुलुककै सबैभन्दा ठूलो पार्टी बन्छ : मेटमणि चौधरी

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले आफ्नो दल आगामी चार महिनामा मुलुककै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

निर्वाचन आयोगमा दलको सनाखतबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा चौधरीले कम्युनिस्ट शक्तिहरुबिच एकता भएर ठूलो दल बन्ने दाबी गरे ।

‘चार महिनापछि यो मुलुकको सबैभन्दा ठूलो पार्टी बन्दैछ । यहीँ पार्टीको वरिपरी मुलुकको राजनीति अघि बढ्छ,’ उनले भने, ‘माओवादी, जनमोर्चा, विप्लववैद्य सबैसँग पार्टी एकता हुन्छ । सबैसँग छलफल प्रक्रिया अघि बढिसकेको छ । टुंग्याउने प्रक्रियामा हामी छिर्छौं ।’

चौधरीले नेपालको राजनीतिमा रहेसम्म अथवा एमाले अध्यक्ष रहेसम्म केपी ओलीसँग भने कुनै प्रकारको सहमति, सहकार्य, एकता नहुने बताए ।

मध्यमार्गी नेता ओलीतिर लागेकोमा आलोचना गर्दै चौधरीले भने, ‘सबै मान्छेहरु युद्धको मैदानमा क्रान्ति गर्ने ल्याकत राख्न सक्दैन । थोरै मान्छेमात्र हिम्मत साहस आँट गर्न सक्ने रहेछन् । त्यो आँट हामीले माधव नेपालको नेतृत्वमा गर्‍यौ ।’

उनले एमाले पार्टी चोइटिएको नभई विभाजन नै भएको जिकिर गरे । अध्यक्ष ओलीले जे पनि बोल्ने गरेको भन्दैं चोइटिएको भन्ने उनको बोलीकोपछि नलाग्न आग्रह गरे ।

उनले पार्टीको दस्तावेजीकरण र कार्यविभाजनको काम बाँकी रहेको जानकारी दिए । ओलीको कार्यशैली मन नपरेकै कारण आफूहरु छुट्टिएको उनको भनाई थियो । चौधरीले आयोगबाट आजै दल दर्ता प्रमाणपत्र लिएर जाने पनि उल्लेख गरे ।

ओलीले कम्युनिस्ट आन्दोलन डुबाउन खोज्दा आफूहरुले उकासेको उनले दाबी गरे । ‘उहाँले जे देख्यो खरानी बनाउन थाल्नुभयो । हामीले कम्युनिस्ट आन्दोलनलाई खरानी हुनबाट जोगायौं,’ उनले भने ।

नेता चौधरीले ओलीतिर लागेका मध्यमार्गी १० नेता छिट्टै फर्किने विश्वास व्यक्त गरे । ‘१० जना एमाले र ओली खरानी हुनुभन्दा अघि नै आउनुहुन्छ,’ उनले भने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);