एमालेलाई देखाएर कांग्रेस तर्साउने प्रचण्डको रणनीति | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

एमालेलाई देखाएर कांग्रेस तर्साउने प्रचण्डको रणनीति

madhav n prachanda

काठमाडौं, १८ असार । संसदीय राजनीतिको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग सरकार बनाउन सम्झौता गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादका अध्यक्ष माधव कुमार नेपालले फेरि नेकपा ब्युँताउने हल्ला चलाउनुभएको छ ।

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको मुख्य सहयोगमा सरकारको नेतृत्व गरिरहेका दाहाल र सोही सरकारको सहयोगी बनेका नेपाललले केही दिनयता निरन्तर नेकपा ब्युँताउने अभिव्यक्ति सार्वजनिक गर्दै आएका हुन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायण विलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको दोहो¥याउनुभयो । सोही कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री प्रचण्डको भनाइलाई समर्थन गर्नुभयो । यसअघि पनि नेपालले माओवादीसँग नेकपा ब्युँताउने सवालमा पार्टी एकता गर्न सकिने पक्षमा रहेको बताएका थिए । माधवकुमार नेपाल, प्रचण्ड, विप्लव र उपेन्द्र यादव समेतले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहल शुरू गरेको दाहालले सन्देश दिनुभएको छ ।

फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कन पर्ने भन्दै प्रचण्डले झण्डै दुई तिहाइ भएको नेकपा एकचोटी असफल भयो भन्दैमा कम्युनिस्ट एकताको कुरा छाड्न नहुने बताउनुभयो । कम्युनिस्ट विभाजन भएकोमा गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने भन्दै दाहालले समाजवादी मोर्चाबाट वामपन्थीलाई एकतावद्ध बनाउँदै नेकपाको स्वरूप दिने अध्यक्ष प्रचण्डको दाबी छ ।

तर, नेकपा (एमाले) ले समाजवादी मोर्चा बनाउने कुरा चार दलीय मोर्चाको सत्ताको भ¥याङ भएको टिप्पणी गरेको छ । समाजवादी मोर्चादेखि नेकपा बनाउने कुरा एमालेलाई देखाएर कांग्रेसलाई तर्साउने रणनीति मात्रै भएको टिप्पणी गर्दै एमालेका सचिव योगश भट्टराइले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘साच्चै नेकपा ब्युँताउने कुरामा लाग्नुभएको हो भने अहिले मोर्चा बनाएका चार दलले पहिला पार्टी एउटै बनाएर देखाउनु पर्छ । उहाँहरूले त्यसो गर्न सक्नुहुन्छ ? होइन भने अहिले नेकपा ब्युँताउने कुनै सम्भावना नै छैन । यो केबल सत्ताको बार्गेनिङ र एमालेलाई देखाएर कांग्रेसलाई तर्साउने रणनीति मात्रै हो ।’ चार दलीय मोर्चामा सहभागी नेताहरूलाई पार्टी एकता गर्न चुनौती दिँदै नेता भट्टराइले भन्नुभयो–‘एमालेको अगुवाइमा भएको पार्टी एकतापछि बनेको नेकपालाई यो अवस्थासम्म पु¥याउने नेताहरूले फेरि नेकपाको नाममा राजनीति गर्नु बेइमानी हो । उनीहरूका कुरा अब जनताले पत्याउँदैनन् ।’

समाजवादी मोर्चामा सहभागी दलका कतिपय नेताहरूले समेत समाजवादी मोर्चालाई नेकपामा परिणत गर्ने दलका शीर्ष नेताहरूको अभिव्यक्ति पार्टीको आधिकारी धारणा नभएको बताएका छन् । मोर्चालाई नै नेकपामा परिणत गर्ने भन्ने विषय सजिलो नभएको टिप्पणी गर्दै एकीकृत समाजवादीका उपमहासचिव डा। विजय पौडेलले समाजवादी मोर्चालाई पार्टीमा रुपान्तरण गर्ने विषयमा पार्टीभित्र कुनै आधिकारिक छलफल नभएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘नेताहरूले आफूखुसी बोल्नुभएको हो । यदि, नेकपा ब्युँतियो भने पनि मोर्चा छुट्टै र पार्टी छुट्टै हुन्छ, दुइवटै कुरालाई एकै ठाउँ राखेर हेर्न हुँदैन । मोर्चामा सबै खालका दलहरू समावेश हुन्छ तर, पार्टीमा विचार मिल्नेहरूको मात्र एकता हुनसक्छ ।’

समाजवादी मोर्चा निर्माणकै दिन प्रचण्ड र माधव नेपालले उपेन्द्रलाई कमरेड भनेर सम्बोधन गरेपछि मोर्चा घोषणा सभाहल तालिले गुञ्जिएको थियो । यद्यपि, उपेन्द्र यादव भने यो विषयमा मौन छन् । जसपाका एक नेताले भने एउटा परिस्थितिमा समाजवादी मोर्चा बनाएको भन्दै यसलाई कम्युनिस्ट पार्टीको रूपमा चित्रण गर्न नहुने जिकिर गर्दै भने– ‘समाजवाद हाम्रो एजेन्डा नै हो । हाम्रो एजेन्डालाई मानेर प्रचण्ड, माधव नेपाल र विप्लवजी समेत मोर्चा बनाएर जाने विषयमा सहमत भएपछि मोर्चा बनाइएको हो । यो केवल समाजवादी मोर्चा हो, तर नेकपा बनाउने भन्ने कुरा गलत छ । हामी त्यसमा सहमत छैनौं ।’

प्रचण्ड–माधवले मोर्चालाई पार्टीमा रूपान्तरण गर्नेगरी अघि बढेको बताए पनि मोर्चामा कम्युनिस्ट र गैरकम्युनिस्ट रहेकाले पार्टी एकता सहज देखिँदैन । समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा रहेका छन् । मोर्चामा आएका चार पार्टीका फरक–फरक सिद्धान्त, विचार, दृष्टिकोण र कार्यक्रमहरू छन् । मोर्चा निर्माणका क्रममा यिनै शीर्ष नेताहरूले एउटै मोर्चामा रहेका दलहरू आफ्ना गतिविधि र विचार प्रवाहमा स्वतन्त्र रहने बताएका थिए । अहिले आएर सोही मोर्चालाई एउटै पार्टीजस्तो गर्नखोजे त्यसमा असहमति रहने जसपाका नेताहरूले बताएका छन् । मोर्चामा सहभागी माओवादी केन्द्र, एकीकृत समाजवादी र विप्लव तीन कम्युनिस्ट पार्टी हुन् भने मधेस केन्द्रित जसपाले कम्युनिस्ट सिद्धान्त मान्दैन । विप्लवको पार्टी कम्युनिस्ट भए पनि संसदीय व्यवस्थाका विरोधी हुन् । समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);