केही दिन मै नयाँ सरकार गठन हुन्छ : दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

केही दिन मै नयाँ सरकार गठन हुन्छ : दाहाल

काठमाडौं, २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनमै नयाँ सरकार गठन हुने दाबी गरेका छन्।

राजधानीमा नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद्को कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार गठनबारे छलफल थालिएको र छिट्टै नयाँ सरकार गठन हुने दाबी गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजेको दाबी गर्दै कर्मचारीलाई आतंकमा बाँच्न सरकारले बाध्य पारेको अध्यक्ष दाहालले टिप्पणी गरेका छन् । विधेयक बनाउँदा सरकारले कर्मचारीसँग त के आफ्नै सचिवालय, स्थायी समिति, केन्द्रीय समिति कतै पनि परामर्श नगरेको अध्यक्ष दाहालको गुनासो छ ।

दाहालले भने– ‘राज्यसत्ता कब्जा गर्ने डरलाग्दो स्थिति देशमा छ, राज्यका सबै अंगमा कब्जा गर्ने रणनीति देखिएको छ ।’‘जनविरोधी र राष्ट्र विरोधी काम गरेको भनेर केपी ओलीलाई हटाएर मलाई संसदीय दलको नेता बनाइएको थियो तर पार्टीबाट निष्कासित गरिएको व्यक्तिलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिइयो ।’

सरकारले कर्मचारी समायोजन लथालिंग ढंगले अघि बढाएको दाबी गर्दै अध्यक्ष दाहालले भने–‘सरकारले यसरी नै संविधान कुल्चिएर जाने भयो भने केही समयपछि नै विद्रोह गर्नुपर्ने अवस्था आउन सक्छ ।’

उनले अब नयाँ गठबन्धनबाट बन्ने प्रधानमन्त्रीको हुन्छ भन्ने भन्दा पनि बेमौसमी चुनावी बाजाको पक्षमा वकालत गर्ने खालको नहोस् भन्ने आफूहरुले चाहेको बताए ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);