गृहमन्त्री थापाको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गृहमन्त्री थापाको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र

काठमाडाैं, २७ चैत । माओवादी केन्द्रले माओवादीबाट राष्ट्रिय सभा सदस्य बन्नुभएका गृहमन्त्री रामबहादुर थापाको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र पठाएको छ । संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार पत्र पठाउँदै गृहमन्त्री थापाको पद खारेज गर्न संसद सचिवालयलाई अनुरोध गर्नुभएको हो ।

माओवादी केन्द्रले पठाएको पत्र संसद् सचिवालयमा दर्ता भएको जनाइएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ दफा ३४ (१) अनुसार दल त्यागको सूचना संसद् सचिवालयमा दर्ता गराइएको हो । अहिले राष्ट्रिय सभाको अधिवेशन सञ्चालन नभएकाले गृहमन्त्री थापाको सांसद पद खारेज भएको सूचना संसद् सचिवालयले प्रकाशित गरेपछि लागु हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);