चार मन्त्रीको सांसद पद गुम्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चार मन्त्रीको सांसद पद गुम्यो

काठमाडौं, २६ चैत । माओवादी केन्द्र छोडेर एमालेमा लागेका चार सांसद पदबाट मुक्त भएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले माओवादी केन्द्रले पठाएको पत्र पढेर सुनाएपछि माओवादी केन्द्रका चार सांसद पदमुक्त भएका हुन् । यसरी पदमुक्त हुनेमा उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक मन्त्री गौरीशंकर चौधरी रहेका छन् ।

सर्वोच्च अदालतले गएको फागुन २३ मा नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेपश्चात पनि एमालेमा लागेको र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेको भन्दै माओवादी केन्द्रले उनीहरुलाई कारबाही गरेको हो । दल त्याग गरेर अर्काे दलमा सामेल भएकाले चारजनाको सदस्यता खारेज भएको सूचना सभामुखले सुनाएको हो ।

गएको मंगलबार पार्टी केन्द्रीय कमिटीको निर्णयबारे जानकारी गराउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहालले संसद सचिवालयमा यी सांसदहरुलाई पदमुक्त गर्न पत्र पठाएको थियो ।

सांसद पद गुमाएसँगै अव यी नेताहरु छ महिना मात्र मन्त्री पदमा बस्न पाउनेछन् ।

राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने माओवादीले निर्णय गरेको भएपनि कारबाहीको कुनै प्रक्रिया भने थालेको छैन ।

प्रतिनिधि सभाको यो कार्यकालमा यस अघि संघीय समाजवादीकी सांसद सरिता गिरीको सदस्यता गुमेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);