पूर्व माओवादी नेताहरुले निर्वाचन आयोगमा उजुरी दिने तयारी | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

पूर्व माओवादी नेताहरुले निर्वाचन आयोगमा उजुरी दिने तयारी

काठमाडौं । माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरुले निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेका छन् ।

माओवादी छाडेर एमालेमा लागेका कारण पदमुक्त भएका रामबहादुर थापा बादल सहितका नेताहरुले माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै आयोगमा उजुरी दिने तयारी गरेका हुन् ।

२०७१ सालदेखि माओवादी पार्टीको महाधिवेशन नभएको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको थापा समूले आरोप लगाएका छन् ।

गत फागुन २३ मा सर्वोच्च अदालतले साबिकको नेपाल कम्युनिस्ट पार्टी नेकपाका एकता खारेज गरेसँगै पूर्व माओवादी र पूर्व एमाले पूर्ववत अवस्थामा फर्केका थिए ।

माओवादी केन्द्र र एमाले पूर्ववत अवस्थामा फर्किएसंगै एमालेतिर लागेका तत्कालीन प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेसंगै पद मुक्त समेत गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);