माओवादी केन्द्रविरुद्ध पर्यो उजुरी, दर्तानै नभएको र निर्वाचन आयोगलाई छल गर्न खोजेको पूर्व माओवादी नेताहरुको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

माओवादी केन्द्रविरुद्ध पर्यो उजुरी, दर्तानै नभएको र निर्वाचन आयोगलाई छल गर्न खोजेको पूर्व माओवादी नेताहरुको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै एमाले प्रवेश गरेका पूर्वमाओवादी रामबहादुरसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । बादलसहितका नेताहरुले लामो सयदेखि अधिवेशन नगरेको भन्दै माओवादी केन्द्र अवैधानिक भएको ठहर गर्दै दल दर्ता खारेजीको मागसहित निर्वाचन आयोगमा पुगेका हुन् ।

रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेताहरु आयोगमा पुगेको निर्वाचन आयोगका एक कर्मचारीले जानकारी दिएका छन् ।

माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी बन्न नसक्ने नेता राचन्द्र मण्डलले जानकारी दिएका छन् । उनका अनुसार माओवादी केन्द्र आफूहरुलाई गरेको कारवाही पनि पूर्णत गलत रहेको दाबी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);