माओवादी केन्द्रको दर्ता खारेजीका लागि दिइएको निवेदनमा छिटो निर्णय गर्न आयोगलाई पूर्वमाओवादी नेताहरूको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

माओवादी केन्द्रको दर्ता खारेजीका लागि दिइएको निवेदनमा छिटो निर्णय गर्न आयोगलाई पूर्वमाओवादी नेताहरूको आग्रह

maobadi

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् ।

शुक्रवार माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेताहरु सहित पुगेका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐन अनुसार नचली भुमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् ।२०६९ सालमा एउटा नाममात्रैको महाधिवेशन भएको त्यसपछि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको दाबी गरेका छन् ।

उनले राजनीतिक पार्टीहरु संस्थागत, वैधानिक र कानुनसंगत हुनुपर्ने टिप्पणी गरेका छन् ।

नेता रायमाझीसँगै माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु शाह लगायत निर्वाचन आयोगमा पुगेका थिए । उनिहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्नपनि आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);