माओवादी केन्द्र किन वास्तवीक परिवर्तनकारी शक्ति किन बन्न सकेन ? (भिडियाे) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी केन्द्र किन वास्तवीक परिवर्तनकारी शक्ति किन बन्न सकेन ? (भिडियाे)

काठमाडाैं । शान्ति प्रकृयतामा आएको १५ बर्ष सम्म पनि माओवादी केन्द्र वास्तवीक परिवर्तनकारी शक्ति बन्न सकेन, ३० बर्ष सम्म एउटै व्यक्तिको नेतृत्व हुदा माओवादी नेताहरु छिन्नभिन्न
आइतबारबार देखि शुरु भएको माओवादी केन्द्रको ८ औ राष्ट्रिय महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ।

अहिले सम्मको परिस्थ्तिी हेर्दा दाहाल नै माओवादी केन्द्रको मुल नेतृत्वमा दोहरिने सम्भावना प्रवल देखिएको छ। माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि माहाधिन शुरु भएसगै राष्ट्रिय राजनीतिमा उसको उपस्थिती र महत्व तथा माओवादी केन्द्रका सवल र कमजोर पक्षहरु बारे विश्लेषण भइरहेको छ।सशस्त्र द्वन्द्वमा प्रचण्डका सारथी बनेका नेताहरुले अहिले छिन्नभिन्न अबस्थामा छन।

दशवर्षे शसत्र युद्दपछि शान्तिप्रकृया हुँदै संसदीय राजनीतिमा उदाएको नेकपा माओवादी केन्द्रको पार्टी संरचना जबरजस्त रुपमा अघि बढ्न सकेको छैन। संविधानसभाको पहिलो निर्वाचनमा सबै भन्दा ठूलो पार्टी बनेको माओवादीले त्यसयता तीन पटक सरकारको नेतृत्व ग-यो। त्यतिमात्र होइन २०६४ साल यता संसदीय अंकगणितमा सत्ताको साँचो माओवादीकै हातमा छ। माओवादीले चाहे सरकार टिक्छ, माओवादीले नचाहे सरकार ढल्छ। त्यसको मुख्य भुमिकामा छन माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड।

तर माओवादी केन्द्र आफै परिवर्तनकारी शक्ति भने बन्न सकेको छैन। उसले विस्तारै आफ्नो हैसियत गुमाउँदै गएको छ। तीन दशकसम्म एउटै व्यक्तिको नेतृत्वमा पार्टी सञ्चालन भइरहेको छ। माओवादीका नेताहरुमा सत्ता भोग तिब्र छ। विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भइसकेको छ। तर माओवादी युद्ध प्रभावितहरुले अझै पनि न्याय पाउन सकेका छैनन्।

युद्धले विस्थापि भएकाहरु निर्धक्क भएर घर फर्कन सकेका छैनन्। जनताको लुटिएको सम्पत्ति पुर्ण रुपमा फिर्ता हुन सकेको छैन। बेपत्ता पारिएका नागकिहरु बारे सत्यतथ्य पत्ता लाग्न सकेको छैन। द्वन्द्व पीडितलाई न्याय दिन तीन तीन पटक सरकारको नेतृत्व गरेको माओवादी सफल हुन सकेन, न त उसले गठबन्ध सरकारमा रहदा अन्य राजनीतिक दलहरुलाई त्यसका लागि गम्भीर ढंगले पहल गर्न लगायो।

आज पनि शहिद परिवारको चिल्ली छ। समग्रमा भन्दा माओवादी शान्ति र्पकृयामा आउदा भएको १२ बुदे विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार काम हुन सकेन। जबकि युद्धको नेतृत्व गरेको पार्टी र नेताहरु निरन्तर रुपमा सरकारमा सहभागी हुदै आएका छन।

यी तमाम कारणले माओवादीको जनाधार र उसप्रतिको जन विश्वास गुम्दै गएको छ। अहिले माओवादीलाई आफ्नो शाख जोगाउन हम्मेहम्मे परेको देखिन्छ। आफुलाई मजदुर, किसान र विपन्न वर्गको नेता बताउने माओवादी केन्द्रका नेताहरुले गरिबी हटाउने मुल मुद्दा छोडिसकेका छन। माओवादीका केहि नेताहरु नवधनाड्यका रुपमा उदाइरहेका छन भने केहि नेताहरु नवधनाड्यको पछि पछि दौडिरहेका छन।

यी सबै समस्या छदै छन तर पछिल्लो समय माओवादी केन्द्र भित्र संस्थागत निर्णय समेत हन सकेन भनेर स्वयम माओवादीका नेताहरुले सार्वजनिक कार्यक्रम मै चर्को असन्तुष्टि पोख्न थालेका छन। नेतृत्वमा गुटगत र व्यक्तिवादी प्रवृति हावी भएको छ। तल्लो तहमा पार्टी संरचना भताभुंङ्ग अबस्थामा छ।

राजनीतिक अडानबाट बिचलित भएको आरोप माओवादीले खेप्दै आएको छ। नेताहरु सत्तामुखी भएकै कारण माओवादी ओरालो यात्रामा छ भनेर सर्वत्र आलोचना भइरहेको छ। सांगठनिक रुपमा कमजोर बन्दै गएको माओवादीको लोकप्रयिता समेत कम हुदै गएको देखिन्छ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले यी सबै दोष आफ्ना पार्टीका नेता कार्यकर्ताले आफु माथि थुपार्ने गरेको गुनसो गर्दै आएका छन। त्यसैले आइतबार देखिजारी माओवादी केन्द्रको आठौ महाधिवेशनले अब खारिए आफ्नो हैसियत बलियो बनाउने गरि पार्टी नेतृत्व चुन्न जरुरी छ। कुर्चीमात्रै ताक्ने नेताहरुका कारण सिंगो माओवादी पछि पर्नु पर्ने अबस्थाको अन्त्य गर्न जरुरी छ।
जनयुद्धको जगबाट खारिएर आएका असल र इमानदार नेता नेताहरु माओवादी केन्द्रमा नभएका होइनन।

विडम्बना के छ भने उनीहरु शक्ति माओवादी केन्द्र भित्र क्षय भएको छ। समाजकै रुपान्तरण गर्ने अजेण्डा बोकेको माओवादी केन्द्र निम्नवर्गका जनताको उत्थानका लाग्नु पर्ने आजको आवश्यक्ता हा।

तर अहिले माओवादी केन्द्र आफ्नै पार्टीको रुपान्तरण र पुनर्गठनको मामिला रुमलिएको छ। माओवादी आन्दोलनको जगमा मुलुकमा कयौ परिवर्तन आएका छन। तर त्यस सस्थागत गर्ने सन्दर्भमा उसको भुमिका जिम्मेवार र गम्भिर हुन सकेको छैन।

त्यसैले माओवादी केन्द्रको आठौ महाधिवेशन पनि नीति विना नै नेतृत्व चयन गर्नेमा मात्र सिमित नबनोस। देसको गरिबी हटाएर राष्ट्रियता बलियो बनाउदै बहुसख्यक जनताको मनोभावना अनुसार चल्ने संकल्पसहित माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेर त्यस अनुरुप काम गर्न सके मात्र १० बर्षे जनयुद्धको पनि सार्थकता पुष्टि हुने छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);