बिदाका दिन पनि मतदाता नामावली संकलन हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

बिदाका दिन पनि मतदाता नामावली संकलन हुँदै

खोटाङ । खोटाङमा सार्वजनिक बिदाका दिनसमेत फोटोसहितको मतदाता नामावली संकलन सुरु गरिएको छ । निर्वाचन आयोग र गृहमन्त्रालयको ८ पुसको पत्र अनुसार इलाका प्रशासन कार्यालय ऐसेलुखर्क र इलाका प्रशासन कार्यालय खोटाङबजारबाट बिहान, बेलुका र सार्वजनिक बिदाका दिनसमेत फोटो सहितको मतदाता नामावली संकलनको व्यवस्था मिलाइएको निमित्त जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रकुमार राईले बताए ।

शनिबारदेखि दुवै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुई इलाका प्रशासन कार्यालयबाट १० पुसदेखि १९ फुसम्म कार्यालय समय र कार्यालय बाहिरको समयमा पनि फोटोसहितको मतदाता नामावली दर्ता गराउन सक्ने निमित्त जिल्ला निर्वाचन अधिकारी राईले बताए । 

हालसम्म इलाका प्रशासन कार्यालय खोटाङबजार र जिल्ला प्रशासन कार्यालयबाट नियमित रूपमा मतदाता नामावली दर्ताको काम हुँदै आएकोमा निर्वाचन आयोग र गृहमन्त्रालयको पत्र अनुसार इलाका प्रशासन कार्यालय ऐसेलुखर्कबाट पनि मतदाता नामावली संकलन सुरु गरिएको हो । 

आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा पहिलो चरणमा १७ मंसिरदेखि २६ मंसिर र दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटोसहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गरिएको थियो । मतदाता नामावली संकलन अभियानमा मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिले इलाका प्रशासन कार्यालयमा पुगेर नाम दर्ता गराउन सक्ने  निमित्त जिल्ला निर्वाचन अधिकारी राईले बताए । 

धेरैजसो स्थानीय तहले सम्बन्धित स्थानीय तहको केन्द्रमा शिविर सञ्चालन गरेर फोटो सहितको मतदाता नामावली संकलन गर्दा केन्द्रभन्दा टाढाका सर्वसाधारण एक दिनदेखि तीन दिनसम्म हिँड्नु परेको मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);