घर न घाट भएको एमालेको त्यो समूह : अब धुम्बाराहीको बसाई, पेरिस डाँडाको सोचाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

घर न घाट भएको एमालेको त्यो समूह : अब धुम्बाराहीको बसाई, पेरिस डाँडाको सोचाई

काठमाडौं, २५ फागुन । सर्वोच्च अदालतले गएको आईतबार तत्च्कालीन एमाले र माओवादी केन्द्र ब्युताई दियो । यसलाई कसै कसैले सर्वोच्चमा तेस्रो पटक गोरु ब्याएको संंज्ञा समेत दिए। पहिला २०५२ भदौ १२ गते, अर्को २०७७ साल फागुन ११ र अन्तिममा फागुन २३ २०५२ साल भदौ १२ गते तत्कालीन प्रधानमन्त्री मनामोहन अधिकारीले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएको थियो भने गत फागुन ११ मा प्रधानम्न्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभाको पुनर्स्थापना । गत आईतबार चाहि सर्वोच्चले सबैलाई आश्चर्यमा पार्दै तत्कालीन एमाले र माओवादी ब्युताई दिएको थियो।

२०७५ साल जेठ ३ मा यी दुबै पार्टीले आ आफ्नो अस्तित्व समाप्त भएको घोषणा गर्दै दुई पार्टी एकीकरण गरे। जसको नाम थियो नेकपा । तर आईतबारको सर्वोच्चको फैसलाले नेकपा खारेज गर्दै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युताई दियो।

तर यस भन्दा अघिका दृष्य भिन्न थिए। नेकपा एमालेको एउटा हिस्साको कार्यलय माओवादी केन्द्रको कार्यलय बन्यो। उनीहरु त्यही बैठक गर्ने गरेका थिए। यसबेला सम्म केपी ओली र प्रचण्ड अध्यक्ष थिए। तर एमाले सहितको माओवादी केन्द्रको बैठकले अध्यक्ष रहेका प्रधानमन्त्री ओलीलाई हटाएर त्यसको ठाँउमा माधव कुमार नेपाललाई चयन गरेको थियो।

तर गत आईतबार दिउँसोको चार नबज्दै त्यो निर्णय केटाकेटीकोे घर बनाउने खेल जस्तो सावित भयो। किन भने अदालतले नेकपानै खारेज गरिदिएको थियो।

धुम्बाराहीको पार्टी कार्यलयमा नेकपा एमाले साईनबोर्ड झुण्डिसकेको छ। पेरिस डाँडामा माओवादी केन्द्रको साईनबोर्ड टाँगिने छ। तर पूर्ब प्रधामनन्त्री समेत रहेका माधवकुमार नेपाल, झलनाथ खनाल लगायतको एमालेको एउटा समूह साईनबोर्ड बिहीन भएको छ। उनीहरु घरको न घाटको जस्ता भएका छन् ।

कुन पार्टी कार्यलयमा जान भन्नेमा उनीहरुलाई त्रास छाएको छ। माओवादी केन्द्रको कार्यलयमा जाँदा उनीहरुलाई लाग्ने छ अरुको पार्टीमा किन जाने? धुम्बाराही जाँउ लाजले रातो पिरो हुनुपर्ने अवस्था आउँछ। हिजो सत्तो सराप गरेका प्रधानमन्त्री ओली सामू कसरी आँखा जुधाउने? उनीहरुमा एक किसिमको भय देखिएको छ। तर कानुनी हिसाबमा उनीहरु धुम्बाराही फर्कनुको विकल्प छैन। अब उनीहरुको कुर्सी त्यहाँ छ कि छैन? आफु बस्ने कुर्सी बोकेर पो धुम्बाराही जानु पर्ने हो कि ? उनीहरुलाई अन्यौल भएको छ।

एमालेको त्यो समूह यो हालतमा पुग्न कोही जिम्मेवार छैनन् । माधव नेपाल, झनथा खनाल र वामदेव गौतमनै यसका कारक मानिन्छन् । उनीहरुले त्यसरी प्रचण्डलाई नउकासेको भए आज घर न घाटको हुनुपर्ने अवस्था आउने थिएन। ९ सदस्य सचिवालयमा तत्कालीन नेकपामा एमालेका तर्फबाट ६ सदस्य थिए। त्यसमा प्रचण्डसंग ३ सदस्य मात्रै देखिन्थे। तीन मध्ये एक बादल भित्र भित्रै एमाले बनीसकेका थिए। सचिवालयमा दुई सदस्यका प्रचण्डलाई राखेको भए न आरोप पत्र आउथ्यो, न संसद विघटनको कुरा आउथ्यो। प्रधामनन्त्री ओलीसंग बदला लिन खोज्दा आज आफै घर न घाटको भएको छ माधव नेपाल समूह ।

तर जे भएपनि उनीहरु पेरिस डाँडाबाट धुम्बाराही सर्ने घोषणा सोमबार गरेका छन् । यसका लागि सोमबार प्रचण्डबाट दुलही विदा भएझै विदा भएका छन् एमालेको माधव नेपालको समूह । अव त्यो विस्तारै धुम्बाराही सर्ने छ।

धुम्बाराही सरेपछि अब उनीहरुको भूमिका के हुन्छ ? आम प्रश्नको बिषय बनेको छ। उनीहरु एमाले भित्रै बसेर शक्ति संचय गर्ने र पेरिस डाँडाका लागि काम गर्ने हो भने त्यसले स्थिरता दिदैन। उनीहरुले धुम्बाराही सर्ने घोषणा गरेपछि बजारमा नयाँ टिप्प्णी सुनिएको छ उनीहरु त्यहाँबाट काजमा सरेका हुन। आफ्नो शक्ति पुगेपछि फेरि सोही ठाँउमा काज फिर्ता हुनसक्छन् । त्यसैले उनीहरु माथि धुम्बाराहीमा बसेर पेरिस डाँडाका लागि काम गरेको आरोप लाग्न सक्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);