पुस ५ देखि बैशाख ३० सम्मको राजनीतिः विवादित एमाले, आँट नभएको कांग्रेस र हतास माओवादी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पुस ५ देखि बैशाख ३० सम्मको राजनीतिः विवादित एमाले, आँट नभएको कांग्रेस र हतास माओवादी

काठमाडौं । पुस ५ गते बिहान नौ बज्नै लाग्दा नेपाली राजनीतिमा अचानक अनौठो खेल भित्रियो– त्यो थियोे प्रतिनिधिसभाको विघटन ।

यति चाँडै प्रतिनिधिसभाको विघटन होला र नयाँं चुुनाव होला भनेर कसैले कल्पना सम्म गरेका थिएनन् । पार्टीहरु भित्र समीकरण मिलाएर सत्ताको सपना देख्नेहरुका लागि अचानक टाउकोमा ईँटाको वर्षा भए झैँ को घटना थियो त्यो ।

धेरैले प्रधानमन्त्री ओलीले यति चाँडै प्रतिनिधिसभा विघटन गर्लान् भनेर अनुमान लगाएका थिएनन् । तर संवैधानिक नियुक्ति देखि राष्ट्रपति फेर्नेसम्म आन्तरिक चलखेलको सुँइको प्रधानमन्त्री ओलीले पाईसकेका थिए । त्यसैले चलखेलको मुहान नै थुनिदिन उनले पुस ५ मा प्रतिनिधिसभाको विघटन गरी दिए ।

ओलीले प्रतिनिधिसभा विघटन गर्दा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको झण्डै दुई तिहाईको सरकार थियो । तर सरकारले पार्टी भित्रको आन्तरिक चलखेलका कारण राम्रो काम गर्न पाएको थिएन ।

अस्थिरताका कारण थिए अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । प्रचण्डलाई पार्टी भित्र फकाउँदा फकाउँदा प्रधानमन्त्री ओलीको थुक सुकीसकेको थियो । लामो समय सहयात्रा गरेका पार्टीका नेता माधव नेपाललाई पन्छाउँदै प्रधानमन्त्री ओलीले प्रचण्डलाई च्यापेका थिए । मन्त्री नियुक्तिदेखि हरेक घटनामा प्रचण्डको हिस्सा छुट्टिन थालेको थियो । यहिकारण ओली–नेपाल झन् टाढा बन्दै गएका थिए ।

नेपाली राजनीतिमा दुई पात्र अस्थिरताका कारण मानिँदै आएका छन् । ती हुन् प्रचण्ड र बामदेव गौतम । यदि उनीहरुले नेकपामा चलखेल नगरेको भए अहिलेको अवस्था आउने थिएन ।

प्रचण्डलाई प्रधानमन्त्री ओलीले बढी च्यापेपछि र आफूहरुलाई पर राखेपछि नेपाल पक्ष चिढिनु स्वभाविकै थियो । तर विस्तारै ओली प्रचण्डको सम्बन्धमा समेत चिसो पस्न थाल्यो । यो बढ्दै गएर आखिर नेकपा भित्र असन्तुष्टहरुको साझा चौतारी बने प्रचण्ड ।

माइतीघर र धुम्बाराहीको नेकपा
पुस ५ पछि नेकपा माइतीघर र धुम्बाराहीमा विभिजित भयो । नेकपाका अध्यक्ष प्रचण्ड र अर्का नेता माधव नेपाल पक्ष प्रतिनिघिसभा विघटनविरुद्ध धर्ना बस्यो । सर्वोच्चमा रिट हाल्न पुग्यो । अन्ततः फागुन ११ गते सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर ग¥यो । तर माईतीघरको नेकपा धुम्बाराही फर्कन सक्ने अवस्था बनेन ।

प्रतिनिधिसभा पुनस्थापना भए पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस कुनै आँटिलो पार्टी देखिएन । प्रधानमन्त्री ओलीले लौ न कसैले अविश्वासको प्रस्ताव ल्याएर मलाई हटाई दिनुभन्दा प्रमुख प्रतिपक्ष कांग्रेस निच्च दाँत देखाएर बस्यो । प्रचण्डले कुम हल्लाउनभन्दा अरु केही गर्न सकेनन् ।

फागुन २३ गते सर्वोच्चले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताई दियो । मओवादी आफ्नै घर पेरिस डाँडा फर्कियो । एमाले धुम्बाराहीमा छँदै थियो । घरका न घाटको बन्यो माधव नेपाल पक्ष । तर लामो समयको विवादपछि बिहीबारबाट नेपालपक्षलाई धुम्बाराहीको ढोका खुलेको छ ।

प्रधानमन्त्री ओली पक्षका केही र नेपाल पक्षका केहीलाई नै भए पनि बिहीबारको सहमतिले पार्टी भित्र भने नयाँ उत्साह ल्याएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);