बलिदानबाट प्राप्त हक र अधिकारमाथि भईरहेका प्रतिक्रियावादीको प्रहारविरुद्ध संघर्षमा उत्रिन प्रचण्डको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बलिदानबाट प्राप्त हक र अधिकारमाथि भईरहेका प्रतिक्रियावादीको प्रहारविरुद्ध संघर्षमा उत्रिन प्रचण्डको आह्वान

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भईरहेको भन्दै संघर्षमा उत्रन आह्वान गरेका छन् ।

केपी शर्मा ओलीको सरकार ढालेर आफ्नो पहलमा नयाँ सरकार बनाउने प्रयत्न असफल भएको भोलिपल्ट प्रचण्डले यस्तो आह्वान गरेका हुन् । यसका साथै उनले ‘आत्मनिर्णयको अधिकार’ नारालाई फेरि उठाएका छन् ।

इस्लाम समुदायको महान पर्व इद–उल–फित्रको अवसरमा शुक्रबार शुभाकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले यस्तो आह्वन गरेका हुन् । उनको शुभकामना उल्लेख गरिएको छ –‘परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गर्दै विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबैमा आग्रह पनि गर्दछु ।’

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको उनको सन्देशमा उल्लेख छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको उनले बताएका छन् । यही मौलिक पहिचानका कारण नेपाली जनसमुदायका बीचमा शदियौँदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको उनले गरेका छन् ।
आइ.एन.ए

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);