प्रधानमन्त्री ओलीको सपथमा माधव र प्रचण्ड उपस्थित हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीको सपथमा माधव र प्रचण्ड उपस्थित हुने

काठमाडौं । आज दिउँसो राष्ट्रपति कार्यालयमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि निम्तो गरिएको छ ।

महामारीलाई ध्यानमा राख्दै सीमित व्यक्तिलाई मात्र सपथ समारोहमा निम्ता गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । स्रोत अनुसार कूटनीतिक नियोग तथा दातृराष्ट्रका प्रतिनिधिहरुलाई समारोहमा बोलाउन विशेष प्राथमिकता दिइएको छ ।

आजको समारोहमा माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै जना उपस्थित हुने भएका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार दुवै नेताले निम्ता स्वीकार गर्दै समारोहमा आउने भनेका छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि सपथ समारोहमा उपस्थित हुने भएका छन् । झलनाथ खनाल भने स्वास्थ्यका कारण उपस्थित हुने नहुने निश्चित नभएको बताइएको छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पनि समारोहमा उपस्थित हुने नहुने टुंगो लागिसकेको छैन ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);