मन्त्रीमण्डलका सवै सदस्यहरुले लिए सपथ, पुरानै अनुहार दोहोरिए | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मन्त्रीमण्डलका सवै सदस्यहरुले लिए सपथ, पुरानै अनुहार दोहोरिए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गह्रण गराएकी हुन् ।

गोपनीयताको सपथ ग्रहण गरेसँगै ओलीको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। हालसम्म कुनै मन्त्री हेरफेर भएका छैनन्। मन्त्रीमण्डलमा पुरानै अनुहार दोहोरिएका छन् । साथै उनीहरुले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ ।

गठबन्धन सरकारका लागि दिएको समयसीमा सकिएपछि हिजो राति अबेर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);