सभामुख अग्नि सापकोटाद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सभामुख अग्नि सापकोटाद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

sabamukh sapkota sapath

काठमाडौं, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितलनिवासका आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारीले सापकोटालाई सपथ खुवाउनुभएको हो ।

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, नेकपा नेताहरूको उपस्थिति थियो ।

सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख पदमा निर्वाचित हुनुभएको थियो । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्रीसमेत भइसक्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);