कांग्रेस बैठकमा आज शीर्ष नेताबीच भएको सहमति अनुमोदन गरिने | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

कांग्रेस बैठकमा आज शीर्ष नेताबीच भएको सहमति अनुमोदन गरिने

congress

काठमाडौं, १३ माघ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । शीर्ष नेताबीच सहमति जुटेपछि कांग्रेस केन्द्रीय समितिको बैठक आज बोलाइएको हो ।

शीर्ष तहमा भएको सहमति अनुमोदनका लागि केन्द्रीय समिति बैठक बोलाइएको बताइएको छ । आजको बैठकमा गत पुस ११ मा भएको निर्णयलाई परिमार्जन गरि महामन्त्री डा शशांक कोइराला र पूर्णबहादुर खड्काले बैठकमा छलफलका लागि नयाँ प्रस्ताव पेश गर्ने कार्यतालिका छ । संशोधित प्रस्तावलाई आज नै पारित गरी केन्द्रीय समिति बैठक टुंगिने बताइएको छ ।

१४औं महाधिवेशनको कार्यतालिका पेश नभएसम्म बैठकमा प्रवेश नगर्ने संस्थापन इतर समूहले अडान लिएको लामो समयपछि गत बुधबार र शुक्रबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको शीर्ष नेताहरुको छलफल पश्चात विवाद समाधान गरेर अघि बढ्ने सहमति भएको थियो ।