कांग्रेस कमण्डलु बोकेर उपसभामुख पद माग्दै हिँड्दैन : मिनेन्द्र रिजाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कांग्रेस कमण्डलु बोकेर उपसभामुख पद माग्दै हिँड्दैन : मिनेन्द्र रिजाल

minendra-kamandalu

काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेकपासंग उपसभामुख पद चाहियो भनेर माग्दै नहिड्ने बताएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले कांग्रेसले कमण्डलु बोकेर नेकपासंग उपसभामुख पद माग्न नजाने उल्लेख गर्नुभयो । उहाँले संसदमा कांग्रेसको बहुमत नरहेकाले नेकपासंग वार्गेनिङ गरेर उम्मेदवारी नदिने बताउनुभयो ।

सांसद रिजालले नेपाली राजनीति र समाजमा महिला शसक्तिकरणको आवाज बलियो छ र यसलाई कुनामा राख्न पाईदैन भन्ने शिक्षा नेपाली समाजले दिएको भन्दै सभामुख/उपसभामुख चयन गर्दै गर्दा महिला सहभागीताको विषयलाई पनि ध्यानमा राख्न आग्रह गर्नुभयो ।उहाँले व्यक्ति विशेष भन्दा पनि सभामुख पदमा बस्नेले सरकार र संसदप्रति निरन्तर उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

रिजालले संसदीय परम्परालाई बोक्न सक्नुपर्ने र सो मर्मलाई स्थापित गर्नका लागि सभामुखको योगदान हुनुपर्ने अवधारणामा आफुहरु अडिग रहेको स्पष्ट पार्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);