सभामुख वा उपसभामुखमध्ये एक पद कांग्रेसले पाउनुपर्छ : रमेश लेखक | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सभामुख वा उपसभामुखमध्ये एक पद कांग्रेसले पाउनुपर्छ : रमेश लेखक

ramesh lekhak

काठमाडौं, ५ कात्तिक । प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताउनु भएको छ ।

काँग्रेस नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिनु भयो । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार सभामुख पद प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने तर्क पनि गर्नु भयो ।

उहाँले सभामुख र उपसभामुख पद एउटै दलले राखेर संविधान विपरितका गतिविधि अव हुन नदिने पनि बताउनु भयो ।

पूर्वमन्त्री समेत रहनु भएका काँग्रेस नेता लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानवीन आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गर्नु भयो । उहाँले संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक कानुन संशोधन गर्न ढिलाई नगर्न सरकारलाई सचेत पनि गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);