आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई सरकारले छाड्दैन : टोपबहादुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई सरकारले छाड्दैन : टोपबहादुर

टोपबहादुर रायमाझी

काठमाडौं, ५ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पनि सरकारले कार्वाही गर्ने बताउनु भएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका नेता रायमाझीले विगतका सरकारले ल्याउन नसकेको आपराधिक घटनालाई वर्तमान सरकारले बाहिर ल्याएर कार्वाही प्रक्रियालाई अघि बढाउने आँट गरिरहेको पनि स्पष्ट पार्नु भयो ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विगतमा आपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले कुनै पनि प्रकारको बचाउ नगर्ने दृढता पनि व्यक् गर्नु भयो ।

नेता रायमाझीले गाउँगाउँमा विकास निर्माणको कामको लहर सुरु भएको पनि बताउनु भयो । ‘सडक, संचार, सिंचाईको सुविधा गाउँगाउँमा पुगेको छ,’ नेता रायमाझीको दावी थियो, ‘इतिहासमा यस अघि यस खालको विकास निर्माणको लहर कहिल्यै चलेको थिएन ।’ नेता रायमाझीले अव सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);