तिहार पर्व अनुशासित र मर्यादित रुपमा मनाउन गृह मन्त्रालयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

तिहार पर्व अनुशासित र मर्यादित रुपमा मनाउन गृह मन्त्रालयको आग्रह

ministry of home

काठमाडौं, ५ कात्तिक । गृह मन्त्रालयले नेपालीको महत्वपूर्ण चाड तिहारलाई अनुशासित र मर्यादित रुपमा मनाउन सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले मंगलवार विज्ञप्ति जारी गर्दै वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी तिहार मनाउन अनुरोध गरेको छ । मन्त्रालयले नेपाली भाषा, धर्म, संस्कृति र सभ्यतालाई बिकृत बनाउने क्रियाकलाप भए गरेमा कानून अनुसार कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

विज्ञप्तिमा स्थानीय प्रशासनबाट तोकिएको समयवधि र प्रक्रियाको परिपालना गरी देउसी–भैलो कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा मात्र लिएर आयोजना गर्न आग्रह गरिएको छ ।

त्यसैगरी तिहारमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रशारण नगर्न पनि अनुरोध गरिएको छ । भुइँचम्पा, पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको विक्रिवितरण तथा प्रयोग नगर्न पनि मन्त्रालयले सबैमा अपिल गरेको छ ।

यात्रामा सहजीकरण गर्न सुरक्षा निकायहरुबाट सहायता कक्ष राखिने र कुनै गुनासो भएमा सुरक्षा निकायलाई खबर गर्न पनि गृहमन्त्रालयले आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);