कोरोना पोजेटिभ व्यक्ति बाहिर हिडडुल गरे ६ महिना जेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कोरोना पोजेटिभ व्यक्ति बाहिर हिडडुल गरे ६ महिना जेल

अनलाइन वा फोनबाट दशैं तिहारमा आशिर्वाद लिउ : मन्त्रालय

काठमाडौं, २३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने बताएको छ । संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने प्रवक्ता डा. गौतमले बताउनुभयो ।

यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ । कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उहाँले बताउनुभयो ।

दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);