पीसीआर परीक्षणमा मात्र ३ अर्ब भन्दा बढीको खर्च : मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पीसीआर परीक्षणमा मात्र ३ अर्ब भन्दा बढीको खर्च : मन्त्रालय

काठमाडौं, ५ भदौ । मन्त्रालयले आजसम्म ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको जनाएको छ । प्रवक्ता डा. गौतमले पीसीइ बाहेक पीसीआर परीक्षणमा मात्रै उक्त रकम खर्च भएको हो । एउटा पीसीआर परीक्षण गर्न ५ हजार ५ सय रुपैयाँ खर्च हुने गरेको उहाँले बताउनुभयो ।

३ अर्बभन्दा बढी खर्च गरेर ५ लाख ७९ हजार बढी पीसीआर परीक्षण गर्दा ३० हजार ४ सय २३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै उहाँले एउटा पोजेटिभ केस भेटाउन १ लाख ४ हजार ६ सय ३० खर्च सरकारले गरिरहेको बताउनुभयो ।

एकजना संक्रमितलाई १ महिना आइसियुमा राखेर उपचार गर्दा ४ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो । निषेधाज्ञा जारी भएका क्षेत्र र अन्य क्षेत्रमा अनावश्यक घर बाहिर ननिस्किन पनि उहाँले आग्रह गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);