थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या साढे ६ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या साढे ६ हजार नाघ्यो

swasthta

काठमाडौं, २ असार । मंगलबारसम्म नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या साढे ६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ सय ८० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार झापामा भएको परीक्षणमा २ जना, धरानमा भएको परीक्षणमा ४ जना, जनकपुरमा भएको परीक्षणमा ५५ जना, विरगञ्जमा भएको परीक्षणमा २ जना, पोखरामा भएको परीक्षणमा २१ जना र कैलालीमा भएको परीक्षणमा ७६ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै बाँकेमा भएको परीक्षणमा १० जना, राजविराजमा भएको परीक्षणमा ३ जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा १, रुपन्देहीमा भएको परीक्षणमा ४ जना, सुर्खेतमा ९ जना, धुलिखेल अस्पतालमा भएको परीक्षणमा २२ जना, दाङमा भएको परीक्षणमा ५७ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा १ सय १४ जनामा पोजेटिभ देखिएको छ ।

मंगलबार १ सय १७ गरी आजसम्म १ हजार १ सय ५८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

आजसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ र पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् । क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);