थप ५८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या सात हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

थप ५८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या सात हजार नाघ्यो

coronavirus test

काठमाडौं, ३ असार । नेपालमा आज अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार मन्त्रालयका अनुसार आज ५ सय ८६ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालय प्रवक्ता डा. गौतमका अनुसार संक्रमितको कूल संख्या ७ हजार १ सय ७७ पुगेको छ । धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, विरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । भरतपुर अस्पतालमा भएको परीक्षणमा ३, धुलिखेल अस्पतालमा ९९ जनाको पोजेटिभ आएको छ ।

यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा १, पोखरामा भएको परीक्षण्मा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ । त्यसैगरी जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षण्मा ७ जनाको पोजेटिभ देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);