गृहले ४ जिल्लालाई राख्यो उच्च जोखिमको सूचीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गृहले ४ जिल्लालाई राख्यो उच्च जोखिमको सूचीमा

griha mantralaya

काठमाडौं, २ असार । सरकारले सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई कोरोना उच्च जोखिमको सूचीमा राखेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्ने भएको छ ।

सरकारले यी ४ जिल्लालाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको हो । गृह मन्त्रालयले ४ जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सरकारले २ सयसम्म कोरोना संक्रमित रहेका जिल्लामा शर्तसहित लकडाउन खुकुलो पार्दै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सेवा सुचारु गर्ने निर्णय गरेको जनाइएको छ । तर सर्लाही, रौतहट, कपिलबस्तु र दैलेख संक्रमणको उच्च जोखिम रहेकै कारण ती जिल्लामा लकडाउनलाई कडाई गरिएको हो ।

उच्च जोखिममा रहेका ४ जिल्ला बाहेक काठमाडौं उपत्यकासहित ७३ जिल्लामा भने लकडाउन खुकुलो बनाउँदै सोमबारबाट सार्वजनिक, निजी र गैरसरकारी संघसंस्थाबाट सेवा सुरु भइसकेका छन् । कम जोखिम रहेका जिल्लामा निजी सवारी सञ्चालन गर्न जोरविजोर प्रणाली लागू गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);