लकडाउनको अवधि थपिएसंगै प्रहरीको सक्रियता बढ्यो, चेक जाँचमा कडाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लकडाउनको अवधि थपिएसंगै प्रहरीको सक्रियता बढ्यो, चेक जाँचमा कडाइ

police checking

रामनिवास यादव

काठमाडौं, १७ वैशाख । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी छ । लकडाउन उल्लघन गरी सवारी साधन संचालनमा प्रहरीले कडाइ गरेको छ । संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको अवधि बढाइसंगै कडाइ गर्न लागेको हो । गृह मन्त्रालयको निर्देशन लगत्तै प्रहरीले सावरीसाधनमा चेक जाँचमा कडाई गरेको हो ।

सरकारले अत्यावश्यक बाहेकका सवारीसाधन संचालनमा थप कडाइ गरेको छ । अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधनमा सरकारले थप कडाइ गरेपछि धेरै सवारी साधन कार्वाहीमा परेका छन् । केही दिन खुकुलो जस्तो देखिएको लकडाउनमा पछिल्लो समय सरकार आक्रमक बनेको हो ।

सरकारले लकडाउनको घोषणा गरेको लामो समय भएपछि सर्वसाधारण हुलका हुल बाहिरीन थालेका छन् । सर्वसाधारण लकडाउनको उल्लंघन गर्न थालेपछि गृह मन्त्रालयले लकडाउनलाई कडाईका साथ लागु गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको छ । अत्यावश्यक सेवा बाहेक अन्य सेवामा सरकारले सवारी साधनमा संचालनमा कडाइ गरेको हो । वितिय संस्था, संचार गृह, अस्पताल, एम्बुलेन्स तथा खाद्य सामग्री बोकेका साधनलाई संचालन गर्न दिएपनि अन्यलाई कडाइ गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);