दाङमा निषेधाज्ञा कडाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

दाङमा निषेधाज्ञा कडाई

दाङ, १६ भदौ । दाङमा निषेधाज्ञा सुरु भएको दोस्रो दिन स्थानिय प्रशासनले थप कडाई गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले बिहानैदेखि बिना काम घरबाहिर निस्किएका करिब १ सय जना नागरिक, मालबाहक र यात्रुबाहक सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले एक हप्ता अघिदेखि माईकीङ गरेर लकडाउनको बारेमा निरन्तर जानकारी गराउदाँ समेत अटेरी गरेर बाहिर निस्किएकाहरुलाई होल्डमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमणको जोखिम बढेपछि भन्दौ २१ गते राती सम्म निषेद्याज्ञा जारी गरिएको छ । जिल्लामा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारीका साधन र बजारहरु बन्द छन् ।

जिल्लाका प्रमुख बजारहरु तुलसीपुर, घोराही, नारायणपुर र लमही भालुबागका बजारहरु पुर्ण बन्द छन् । निषेधाज्ञामा नियमको उल्लङघन गर्नेलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);