दाङका बजार सुनसान एक हप्ता निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

दाङका बजार सुनसान एक हप्ता निषेधाज्ञा

दाङ, १५ भदौ । दाङमा गएराती १२ बजेदेखि देखी एक हप्ता सम्मको लागी निषेधाज्ञा जारी भएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेपछि एक हप्ता यहि भदौँ २१ गते राती सम्म घोषणा गरिएको हो । निषेधाज्ञा शुरु भएसंगै जिल्लामा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारीका साधन, बजारहरु पूर्ण रुपमा बन्द भएका छन् । जिल्लाका प्रमुख बजारहरु तुलसीपुर, घोराही, नारायणपुर र लमही पुर्ण रुपले बन्द भएका छन् ।

जसले गर्दा जिल्लामा सुनसान देखीएको छ । गत शुक्रवार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । जिल्लामा कोरोना संक्रमणको समुदायस्तर मै देखिन थालेपछि रोकथाम तथा नियन्त्रणका लागी निषेद्याज्ञा गरिएको हो । नियमको उल्लङघन गर्ने जोसुकैलाई पनि कारवाही गरिने प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन् । सवै आ आफनो घरमै बसेर कोरोना संक्रमणबाट बच्नका लागी सावधानी अपनाउन उनले सवैमा आग्रह समेत गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);