संक्रमणको दर तीव्र हुँदै गएपछि अर्घाखाँचीमा निषेधाज्ञा लागु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संक्रमणको दर तीव्र हुँदै गएपछि अर्घाखाँचीमा निषेधाज्ञा लागु

अर्घाखाँची । कोरोना संक्रमणको दर तीव्र हुँदै गए पछि अर्घाखाँचीमा गए राति १२ देखि निषेधाज्ञा लागु भएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा बसेको सर्वपक्षिय बैठकको निर्णय अनुसार गए राति १२ बजेदेखि लागु हुने गरी बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा लागु गरिएको हो ।

जिल्लामा निषेशाज्ञा लागु भएसँगै अत्यावश्यक र पास जारी गरिएका सवारी साधन बाहेक अन्य सवारी चलेका छैनन् । सम्पुर्ण स्वास्थ्य मापदण्ड लागु गरेर मात्र खाद्यान्न, दुध र तरकारी पसल बिहान ६ बजेदेखि ९ बजेसम्म दिनको एक पटक मात्र खुल्ने छन् ।

कोरोनाले हुने क्षति कम गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र सर्वपक्षिय बैठकले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए ।

अर्घाखाँचीमा हालसम्म कोरोनाका कारण २५ जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिकामा ६, शितगंगा नगरपालिकामा ६, भूमिकास्थान नगरपालिकामा ६, पाणिनि गाउँपालिकामा ३, मालारानी गाउँपालिकामा ३ र छत्रदेव गाउँपालिकामा १ गरी २५ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए ।

जिल्लामा एक हजार ४ कोरोना संक्रमित भएकोमा ७ सय ९३ जना उपचारपछि निको भएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८६ रहेको छ । सन्धिखर्क नगरपालिकामा १ सय ५ जना, भुमिकास्थान नगरपालिकामा २६, शितगंगा नगरपालिकामा १४, मालारानी गाउँपालिकामा १७, छत्रदेव गाउँपालिकामा १६ र पाणिनि गाउँपालिकामा ८ जना गरी १ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुको विभिन्न अस्पताल र होम आइसोलेशनमा उपचार भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);