सप्तरीमा १ सय ७२ सवारी साधन कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सप्तरीमा १ सय ७२ सवारी साधन कारबाहीमा

सप्तरी । सप्तरीमा गत आइतबारबाट लागू भएको जोर बिजोर प्रणाली अन्तर्गत २०७८ बैशाख २० गते १३ ओटा चार चक्के सवारी साधन र १५९ मोटरसाईकल गरी जम्मा १७२ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

सप्तरीमा कोभिड-१९ को संक्रमण बढीरहेको र स्वास्थ्य पूर्वाधार अपुग हुन सक्ने अवस्थालाई दृष्टीगत गर्दै भिड नियन्त्रण गर्न गत आईतबारबाट सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको थियो ।

आइतबारबाटै सो प्रणालीलाई उल्लङघन गरेका एक सय ७२ सवारी साधनलाई प्रहरीले नियन्त्रण लिएको थियो । नियन्त्रण लिएका सवारीलाई रु एक सय का दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);