उपत्यकाको निषेधाज्ञा एक साता लम्बियो, सवारी साधनमा जोर विजोर प्रणाली लागू | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उपत्यकाको निषेधाज्ञा एक साता लम्बियो, सवारी साधनमा जोर विजोर प्रणाली लागू

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न सुचित गरिएको छ । तर, यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय भएको काठमाडौ जिल्ला अधिकारी कालीप्रसाद पराजुली जानकारी दिएका छन् ।

उपत्यकामा कोरोना भाइरस नियन्त्रणका लागि भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);