उपत्यकामा भोलिबाट २५ सिटमाथिका सार्वजनिक सवारी जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिइने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपत्यकामा भोलिबाट २५ सिटमाथिका सार्वजनिक सवारी जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिइने

काठमाठौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै २५ सिट माथिका सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बिहान बसेको बैठकले काठमाडौं उपत्यकामा भोलि मंगलबारबाट २५ सिट माथिका सार्वजनिक सवारी साधान चल्न दिने निर्णय गरेको हो ।

बैठकले सोमबारबाट जोर विजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको हो । सवारी साधन सञ्चालनका लागि बिहान ६बजेदेखि साँझ ७ बजेसम्म तोकिएको छ । लामो सवारी साधनलाई भने अझै पनि चलाउन अनुमति दिइएको छैन ।

सञ्चालनमा आउने सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै सिटहरु स्यानिटाइज गर्नु पर्ने, बसमा स्यानिटाइजर राख्नु पर्ने र यात्रुहरुबीच दुरी कायम गरेर मात्र सञ्चालनमा ल्याउन पाइने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);