पोखराको सेती नदीमा बगेकी बालिकाको सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पोखराको सेती नदीमा बगेकी बालिकाको सकुशल उद्धार

असिम पौडेल,
कास्की
। पोखराको सेती नदीमा बगेकी याम्दीकी एक बालिकाको सकुशल उद्धार गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं -२५ याम्दी बस्दै आएकी ८ वर्षकी अस्मिता मगरलाई आज दिउँसो नुहाउने क्रममा सेतीले बगाएको थियो । बालिकाको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनी बाख्रा चराउन जाँदा सेतीमा एक्लै नुहाउन गएकी थिइन् ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले अस्मिताको उद्धार गरी उनलाई अस्पताल पुर्याएका छन् ।

उदार कार्यमा खटिएका स्थानीय र वडा प्रहरी कार्यालय बगरले बालिकालाई उनको आमाको जिम्मा लगाएर उपचार भै रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);