पोखराको फिर्के पुलबाट बेलायती दुतावासकाे गाडी खस्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पोखराको फिर्के पुलबाट बेलायती दुतावासकाे गाडी खस्यो

मदन गिरी,
कास्की । पोखराको फिर्के पुलबाट बेलायती दूतावासको स्कार्पियो गाडी खसेको छ ।

शनिबार राति करिब २ बजेको समयमा पोखरा महानगरपालिका –४ बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दूतावास पोखराको ६००४६७ नं को गाडी अनियन्त्रित भइ फिर्के पुलबाट खसेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार गाडी पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खसेपनि गाडीका चालक पोखरा –१६ बस्ने २९ वर्षीय विजय घले र उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङ भने सकुशल रहेका छन्।

घटनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी सहायक निरिक्षक सुनिल थापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई आफन्तको जिम्मा लगाएको छ।

पोखरा महानगरपालिका वडा नं –४ र ५ को सिमानामा पर्ने उक्त पुल फराकिलो सडकमा साँघुरो भएका कारण बारम्बार दुर्घटना हुने गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);