पोखराको हर्पन खोला एकजना मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

पोखराको हर्पन खोला एकजना मृत अवस्थामा फेला

पोखरा । पोखराको हर्पन खोलामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं – २३ कार्कीको तगारोस्थित माझथु बस्ने ४४ वर्षका नारायण प्रसाद अधिकारी रहेका छन् । उनी खोलाको बीच भागमा तैरिरहेको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसार अधिकारी हिजो रातिदेखि बेपत्ता भएका थिए । त्यसअघि उनले साथीहरुसंग बसेर पोखरा महानगरपालिका वडा नं – २३ को नयाँवस्तीस्थित एक रेष्टुरेन्टमा गएर मादक पदार्थ सेवन गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ। 

अधिकारी घर फर्कने क्रममा बेपत्ता भएको प्रहरी उपरीक्षक विनोद सिलवालले बताउनुभयो । उनको मृत्युको कारण खुल्न सकेको छैन । यस विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिनुभयो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);