पोखराको एग्रो फार्ममा चितुवाको आक्रमण, साढे दुई लाख बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पोखराको एग्रो फार्ममा चितुवाको आक्रमण, साढे दुई लाख बराबरको क्षति

पोखरा । पोखराको एक एग्रो फार्ममा चितुवाले आक्रमण गरेको छ । पोखरा महानगरपालिका-२३ मा रहेको एक एग्रो फार्ममा चितुवा पसेर फार्ममा रहेका हाँस तथा कुखुराहरु मारेको छ ।

पोखरा महानगरपालिका- २३ स्थित बिरिम कुना ‘ईको एग्रोफार्म’ संचालन गरेका निमा शेर्पाको उक्त फार्ममा पालिएका १०० वटा कुखुरा, ५० वटा हाँस, ४० वटा टर्की र ५ वटा लौकाट मारेको प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।

विकका अनुसार घटनामा अन्दाजी दुई लाख पचास हजार बराबरको क्षति भएको अनुमान गरिएको छ भने, घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले आवश्यक अनुसन्धान गरेको प्रहरीले बताएको छ ।

साथै पाेखरा महानगरपालिका- ३० खुदिमा रहेकाे कुशल एग्राे एण्ड पशुपंक्षि फारममा पनि चितुवाले आक्रमण गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);