राष्ट्रपति भण्डारीले गरिन् दक्षिण एसियाकै ठूलो स्याउ फार्मको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

राष्ट्रपति भण्डारीले गरिन् दक्षिण एसियाकै ठूलो स्याउ फार्मको अनुगमन

लमजुङ । राष्ट्रपति विधादेवी भण्डारीले सोमबार निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकन  गरेकी  छन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ स्याउ फार्मको अबलोकन गरेकी हुन् ।

मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको एग्रो मनाङ प्रा.लि. को स्याउबारी दक्षिण एसियाकै ठूलो हो । ७३५ रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ । 

राष्ट्रपति भण्डारीलाई एग्रो मनाङ प्रा.लि.का अध्यक्ष समराज गुरुङ र प्रबन्ध निर्देशक युवराज गुरुङले स्याउ फार्मकाबारेमा जानकारी गरएका थिए । अवलोकनपछि राष्ट्रपति भण्डारीले नेपालको दुर्गम जिल्लामा उन्नत र व्यावसायिक कृषि खेती गरेर नेपालको अर्थतन्त्रमा थप सहयोग पुग्ने भन्दै खुसी व्यक्त  गरिन् ।

मनाङको हाइ अल्टिच्युडमा रहेको यस एग्रो मनाङ फार्ममा देशको पहिलो महिला राष्ट्रपतिलाई स्वागत गर्न पाउँदा सम्पुर्ण मनाङका बासिन्दाहरु खुसी भएको प्रतिनिधिसभा सासद पाल्देन छोपाङ गुरुङले बताए । 

भ्रमणका क्रममा सांसद पाल्देन छोपाङ गुरुङ र मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङ जिल्ला र पालिकाको सुन्दरता र समस्याकाबारेमा धारणा राखेका थिए । उक्त फार्ममा गत आर्थिक वर्षमा ४५० टन स्याउ उत्पादन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);