पोखरा तर्फ आउँदै गरेको बसमा सवार यात्रुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

पोखरा तर्फ आउँदै गरेको बसमा सवार यात्रुको मृत्यु

पोखरा, २ चैत्र । बसमा यात्रा गरी पोखरा तर्फ आउँदै गरेकी एक महिलाको सोमबार मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नं ५ पर्स्याङमा ज्याला मजदुरी गरी बस्ने बर्ष ४२ की जमुना राईको बसमा यात्रा गरी पोखरा आउँदै गर्दा मृत्यु भएको थियो ।

काँकडभित्ताबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९३६८ नं. को बसमा सवार उनि दमौली क्षेत्रमा आइपुग्दा अचानक बेहोस भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा लगिएको थियो भने उनलाई आज बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो।

घटनाको बारेमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको समेत उहाँले जानकारी दिनुभएको छ ।

Leave a Reply