कास्कीमा ट्रक दुर्घटना, दुईको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कास्कीमा ट्रक दुर्घटना, दुईको मृत्यु

पोखरा । कास्की मा आज विहान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नामथर नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताउनु भयो ।

पृथ्वीराजमार्ग को पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नं.को छड ,रड बोकेको ट्रक अनियन्त्रित भई विहान करिब ४ः२० बजे नालीमा पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएपछि दुबै जनालाई उद्धार गरी पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । उस्पतालमा उपचाको क्रममा उनिहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सवारी धनी र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);