रुकुम दुर्घटनामा घाइते एक प्रहरी जवानको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

रुकुम दुर्घटनामा घाइते एक प्रहरी जवानको मृत्यु

काठमाडौं। रूकुम पूर्वमा भ्यान दुर्घटना हुँदा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा भएकोमा दुई डीएसपीसहित ६ प्रहरी घाइते भएका थिए । मृतु हुनेमा गम्भीर घाइते भएका प्रहरी जवान लक्ष्मण पुन रहेका छन् । उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु प्रदेश प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले बताए । रोल्पाको सुनिल स्मृति गाउँपालिकाका ३० वर्षीय पुन जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा कार्यरत थिए । लु१झ ६६० नम्बरको भ्यान दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ पनि घाइते भएका छन् ।

दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);