अपडेट : रुकुममा जीप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ७ पुग्याे | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

अपडेट : रुकुममा जीप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ७ पुग्याे

रुकुम, २ साउन । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५, घारापानी नजिकै जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट धौरापैरातर्फ गईरहेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

घटनास्थलमा चार जनाको मृत्यु भएको थियो। अन्य तीनजना घाइतेको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचारका क्रममा मृत्यु भएको रुकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिकाका ३५ वर्षीय कुमार पुन, ३१ वर्षीय बुद्धिराज पुन, २२ वर्षीय किरण पुन, २० वर्षकी तिर्सना तुलाचन, ३२ वर्षीय सलिमा बर्मा रहेका छन्। त्यस्तै भूमे गाउँपालिकाका ४ का २८ वर्षीय अर्जुन विक र कोहलपुरकी २२ वर्षीया ललिता परियारको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा चालकसहित अन्य चारजना घाइते छन्। उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।

जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ। बर्षाको समयमा सडक चिप्लो भएका कारण जीप दुर्घटना भएको अनुमान गरिएको छ। यद्यपी जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);