मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न केसीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न केसीको माग

kc

काठमाडौं, २ साउन । अनसनरत चिकित्सक गोबिन्द केसीले मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न माग गरेका छन् । बुधबार विज्ञप्ती जारी गर्दै चिकित्सक केसीले कर्मचारीहरुसँग वार्ता गरेर निकास ननिस्कने भन्दै अधिकारसम्पन्न मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न माग गरेका हुन् । आवश्यक म्याण्डेट नै नदिई कर्मचारीमात्र सम्मिलित वार्ता टोली बनाएर झारा टार्ने काममात्र भएको केसीको भनाइ छ ।

सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको भन्दै केसीले अहिलेको अवस्थामा वार्ता गर्नुको औचित्य नभएको बताए । वार्तालाई तार्किक निष्कर्षमा पु-याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेट सहितको वार्ता टोली पठाउन केसीले आग्रह गरेका छन् ।

यसैबीच नेपाल चिकित्सक संघले बिहीबार देशभरको सरकारी तथा नीजि अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । जुम्लामा १९ दिनदेखि अनशनमा रहेका चिकित्सक केसीको मागप्रति सरकारले वेवास्ता गरेको भन्दै संघले सेवा ठप्प पार्ने निर्णय गरेको हो । संघले एक दिने बन्दपछि पनि सरकारले चासो नदिएमा अनिश्चितकालका सेवा बन्द चेतावनी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);